वीरगंजमा अघोषित लोडसेडिङले जनजीवन प्रभावित, उर्जा मन्त्रालयमा मेयरको गुनासो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २० जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या दीर्घकालीन रुपमा समाधान गर्न उर्जा मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन् । मंगलबार उर्जा मन्त्रालयमा खानेपानी मन्त्री प्रदीप यादवसँगै पुगेका मेयर सिंहले मन्त्री खड्कासँग भेट गरी हालको अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे जानकारी गराउँदै समस्याको समाधानको माग गरेका हुन् ।

मेयर सिंहले पछिल्ला दिनहरूमा वीरगंज र आसपासका क्षेत्रमा ४० डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीबीच पटक–पटक विद्युत सेवा अवरुद्ध भइरहेकाले जनजीवन कष्टकर बनेको बताए । उनले बारम्बारको अघोषित लोडसेडिङका कारण अस्पतालमा बिरामीको उपचार प्रभावित भएको, विद्यालयमा पठनपाठन बाधित भएको, बालबालिका, वृद्धवृद्धा र गृहिणी महिलाहरू बढी समस्यामा परेको, घरका विद्युतीय उपकरणहरू बिग्रिन थालेको र उद्योगहरू धराशायी अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काको ध्यानाकर्षण गराए ।

मेयर सिंहले यस्तो गम्भीर समस्या सरकारको प्राथमिकतामा पर्नु आवश्यक रहेको भन्दै दीर्घकालीन समाधानका उपायहरू तत्काल सुरु गर्न माग गरे। साथै, अस्पताल, विद्यालय लगायतका अत्यावश्यक सेवामा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक परेको ठाउँमा ट्रान्सफर्मरको मर्मत वा पुनःस्थापना गर्नुपर्ने सुझावसमेत उनले दिएका छन् ।

सोही अवसरमा उर्जा मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रादेशिक प्रमुख मनोज यादवलाई टेलिफोनमार्फत निर्देशन दिँदै वीरगंज महानगरसहित आसपासका क्षेत्रमा देखिएको समस्या तुरुन्त समाधान गर्न आदेश दिएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार मन्त्री खड्काले विशेषगरी अस्पताल तथा शिक्षण संस्थाहरूमा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुधार कार्य अघि बढाउन निर्देशन दिएका हुन् । वीरगंजका मेयरसँगको सहकार्यमा विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न उर्जा मन्त्रालयले गम्भीर पहल थालेको घिमिरेले बताए ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 29 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 26 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 25 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 28 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 29 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल