वीरगंजमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : औषधि वितरणमा सतर्कता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०९ भाद्र । हैजाको संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिनुभएको छ । उहाँले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

नीजि अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सिंहले सरकारले नै किट निशुल्क उपलब्ध गराउने स्पष्ट पार्नुभयो ।वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए । महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आइसियुमा उपचाररत विरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिइयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पार्नुभयो । “एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण दोहोर्याइरहनु पर्दैन, बरु सीधा उपचारमा ध्यान दिनुपर्छ,” भन्दै उहाँले स्वास्थ्यकर्मीलाई उपचारमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

यसैबीच, वीरगंजमा फैलिएको हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज आउँदै हुनुहुन्छ । उहाँ दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने कार्यक्रम रहेको छ । अस्पताल निरीक्षणपछि मन्त्री पौडेलले महानगर र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगंजमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 51 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 47 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन