शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् ।

काठमाडौँको शङ्खरापुर नगरपालिका-१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं-१३ को सिमानामा पर्ने छापभञ्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बगाउन सक्ने खतरामा परेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । यहाँको छाप भन्ज्याङ र ढकाल बस्ती पहिरोमा परेको हो ।

शङ्खरापुर नगरपालिका वडा नं १ का वडा सदस्य रामकृष्ण ढुङ्गाना भने-“सडकसँगै बस्ती नै भासिएको छ । डेढ मिटर जमिन बगिसकेको छ । दीर्घकालीन रोकथाम नगरे यसले ठूलो विपत्ति निम्त्याउन सक्छ, जमिन धेरै ठाउँमा चिरा परेको छ, जसका कारण एक सय भन्दा बढी घर जुनसुकै बेला बग्न सक्ने खतरामा छ ।”

विगत १० वर्ष पहिलेदेखि बग्न थालेको पहिरो केही वर्षअघि रोकिएको थियो । यस वर्षको भीषण वर्षासँगै पुनः तीव्र गतिमा बग्न थालेको हो । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-१३ का वडाध्यक्ष श्रीराम घोरासैनी भन्छन्-“बर्सेनी पानी पर्ने बित्तिकै बग्ने सडक केही वर्ष अघिदेखि ग्याबिन वाल लगाएर रोकिएको थियो । यस वर्षको अत्यधिक वर्षाका कारण सो वाल पनि बगेको छ । ‘सामान्य टालटुल गरेर यहाँको पहिरो रोकिँदैन । यसका लागि धेरै बजेटको आवश्यकता पर्छ । मेलम्ची र शङ्खरापुर नगरपालिकाले यसलाई चासो दिएर तत्कालै दीर्घकालीन रोकथामको लागि पहल गर्नुपर्छ ।”-उनले भने ।

दुवै बस्तीका घर, सडकदेखि खेतीयोग्य जमिन सबै उच्च जोखिममा छन् । जमिन बगेका कारण केही घर ढल्केका छन् । अन्य विकल्प नभएपछि स्थानीयवासी जोखिमयुक्त घरमा बस्न बाध्य छन् । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रका केही घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । चिरा परेको जमिनबाट वर्षात्को पानी छिरेर झनै जोखिममा परेको स्थानीयवासी खेचरनाथ दङ्गालको गुनासो छ ।

पहिरोका कारण दुई जिल्लाको बस्तीसँगै साँखुबाट मेलम्ची जाने सडक पनि जोखिममा परेको छ । पहिरोले सहायक वैकल्पिक राजमार्गअन्तर्गत निर्माणको चरणमा रहेको साँखु फट्केश्वर सडकको दुवै जिल्लाका केही खण्ड भासिएको छ ।

सडक बगेकै कारण यस क्षेत्रको यातायात पटक पटक अवरुद्ध हुने गरेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूलो रूप लिएसँगै स्थानीय घरबारविहीन हुने अवस्थामा पुगेका छन् । दुवै जिल्लाका सम्बन्धित निकायले रोकथामको काम शीघ्र सुरु गर्नुपर्ने स्थानीयको माग छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि