संबिधानलाई ट्रयाकमा राख्न निर्वाचन अनिवार्य सर्त हो- गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने निर्वाचनको विषयमा यता उताको कुरा गर्न नहुने स्पष्ट गरेका छन् । 

विहिबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले तोकिएको समयमा चुनाव समपन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताएका हुन् ।  उनले यो चुनाव हाम्रो संबिधानलाई ट्रयाकमा राख्न अनिवार्य सर्त भएको बताउदै चुनावका बारेमा यता उता कुरा गरेर संसयका कुरा नगर्न आग्रह गरे ।

सभापति थापाले ७४ सालपछि संबिधान बनेपछिका ४-५ बर्ष दुर्भाग्यपूर्ण भएको भन्दै त्यो समय सरकार बनाउने र ढाल्नेमा बितेकोले जनतामा चरम निराशामा आएको स्पष्ट गरे । 

उनले ८२ देखि ८७ सम्मको पाँच बर्ष एउटा मौका दिन मतदातालाई आग्रह गर्दै देशको अहिलेसम्मको सुनौलो समय बनाउने संकल्प गरेको बताए । 

उनले भने- ‘हामीलाई नेपालको यथार्थ थाहा छम नेपाललाई सुधार्छौँ, यसको अवस्था सुधार्छौँ ।’

उनले अहिले ठुलो कोलाहल भएको र खासगरी यो हल्ला सामाजिक सञ्जालमा र गाउँ गाउँमा पुगेको बताउदै चुनावमा केहि समुहले चटक गरिरहेको बताए ।

सभापति थापाले अहिलेको प्रश्न कर्णालीको गरिबी किन हटेन भन्ने प्रश्न भएको बताउदै कर्णालीको समस्याको जारामा पुग्नु पर्ने बताए । उनले कर्णालीको प्रमुख मुद्धा संबिधान परिवर्तन गरेर, कानुन बदलेर, काठमाडौँबाट कर्णालीको हक लिएर गर्नुपर्ने बताए ।

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 24 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि