सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

-दीपेन्द्र प्रजापति/कालो झोलो ।

बीरगंज, २७ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालय बाट खटएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं. १०, बजरंगटोल स्थित सुधा कुञ्ज लेखिएको ३ तले पक्की घरको ग्राउण्ड फ्लोरमा भाडामा लिई धिरज रौनियारले भारत बाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदाम गरी भण्डारण गरी राखेको अवस्थामा मूल्य रु. ७ लाख ७० हजार ५ सय बरावरको कपडाहरु तथा BR 05 U 4530 नम्बरको SUPER SPLENDOR भारतीय मोटरसाईकल भेटाएको हुँदा उक्त मोटरसाईकलको रु.१ लाख ५० हजार मुल्याङ्कन गरी कपडा सहित मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

यसै गरि सोही गुल्मले सोहि दिन वीरगञ्ज महानगरपालिका वडा नं. १० तथा १६ स्थित बिभिन्न सीमा नाकाहरु बाट रु. २ लाख ४८ हजार १ सय बरावरको कपडाहरु र मसलाहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

साथै मंगलबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ बाट खटिएको टोलीले बिन्दवासिनि गाउँपालिका वडा नं. ०५ स्थित प्रसौनि नाका भएर भारत बाट अबैध रुपमा भन्सार छलि BR 22 T 1432 नम्बरको मोटरसाईकल मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. २३ हजार ३ सय ८० बराबरको किराना सामान सहित मोटरसाईकल नियन्त्रणमा लिई उक्त मोटरसाईकल को रु. १ लाख ८० हजार मुल्याङ्कन गरी जम्मा रु. १३ लाख ७१ हजार ०९ सय ८० बराबरको आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन