सशस्त्र प्रहरी बल पर्सा द्वारा ठूलो परिमाणको चरेश सहित एक भारतीय नागरिक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले आज साँझ पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०४, बन्जारी स्थित भिस्वा-जानकी टोला सडक खण्ड बाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध चरेश बरामद गरेको छ ।

सोमबार साँझ त्यहाँ बाट सशस्त्र प्रहरी सहायक निरीक्षक नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको टोलीले उल्लेखित सडक खण्डमा चेक जाँच गर्ने क्रममा BR 22 J 3550 नम्बरको होण्डा साइन मोटरसाइकल मा फल्स बटम बनाई लुकाइ छिपाइ भारत तर्फ लैजाँदै गरेको ९ किलो ५ सय २२ ग्राम चरेश बरामद गरेको छ ।

बरामद गरिएको चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखिएको अवस्थामा फेला परेको हो । घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई समेत पक्राउ गरि आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

साथै निजको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईलसमेत बरामद गरिएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि