सी जिनपिङ र पुटिनबीच भेटवार्ता, एक साथ रहने प्रतिबद्धता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन अघि भएको थियो।

पुटिनले दुई देशबीचको सम्बन्धलाई ‘अभूतपूर्व स्तर’ मा रहेको वर्णन गरेका छन् । उनले भने- ‘हाम्रो नजिकको अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।’

सीलाई सम्बोधन गर्दै पुटिनले भने- ‘प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एक पटक भेट्न पाउँदा धेरै खुसी छौं । हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं ।’ साथै, सो अवसरमा सी जिनपिङले भने- ‘चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षामा उत्रिएको छ । अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी शासन प्रणाली सिर्जना गर्न रूससँग काम गर्न चाहन्छ ।’

बुधबार, सी जिनपिङले चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन् । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिनेछ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 36 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 29 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 32 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 32 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 35 views
    आजको राशिफल