सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुदै

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड आज हुदैछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आज दिउसो साढे ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिएको छ ।  

कम्पनीले सर्वसाधारणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

यस आइपिओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् भने ८ लाख २० हजारलाई १०-१० कित्ताको दरले शेयर पर्ने छ ।  बाँकी १७ लाख ५० हजार भन्दा बढी लगानीकर्ताको हात रित्तै हुने छ ।   

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १ करोड कित्ता स्थानीयका लागि निष्कासन गरेको सेयरको प्रिअलटमेन्ट गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । 

कम्पनीले आइपिओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 36 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि