ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन 

वासिङ्टन । कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा सङ्कलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।

राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि उनी रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि सङ्कलन भएको हो । 

ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर सङ्कलन भएको सूचना दिएका थिए । 

“हामीले आधिकारिक रूपमा ५० करोड डलरको आँकडा पार गरेका छौँ”, बिहीबार आफ्नो पार्टीको मनोनयन स्वीकार गर्न डेमोक्रेटिक नेसनल कन्भेन्सनको मञ्चमा आउनुभन्दा ठीकअघि अभियानका अध्यक्ष जेन ओ’माली डिलनले मेमोमा भने । 

“उहाँको भाषणलगत्तै हामीले सुरुआतको दिनदेखि पैसा जुटाउने सबैभन्दा राम्रो समय देखेका छौँ”, उनले भने, “आफ्नो अभियान सुरु गरेको केवल एक महिनाभन्दा बढी समयमा टिम ह्यारिस–वाल्जले ५४ करोड जुटाउनुभएको छ, यो इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।”

उक्त राशि अभियानले डेमोक्रेटिक नेसनल कमिटी र संयुक्त कोष सङ्कलक समितिहरूमार्फत उठाइएको पैसालाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ । 

ती चन्दामध्ये एक तिहाई पहिलो पटक योगदानकर्ताहरूबाट भएको ओ’माली डिलनले जानकारी दिए । ह्यारिस अभियानले ठूला र साना चन्दादाताहरूलाई समान रूपमा सक्रिय बनाएको जस्तो देखिन्छ । 

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि