७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

 चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १३.६५ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा आयात १३.६५ प्रतिशत बढेको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेको छ । 

रिपोर्ट अनुसार ७ महिनमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख बराबरको आयात भएको थियो ।   

यस्तै यस आर्थिक बर्षको ७ महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं  २७ अर्ब २० करोड ४८ लाख २९ हजार बराबरको निर्यात भएको थियो । 

यस आर्थिक बर्षको ७ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५५ अर्ब ३४ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ७ महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ७ महिनामा कुल बैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड रहेको थियो । त्यसैगरी ७ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.७७ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.६८ गुणामा झरेको छ ।

  • Related Posts

    सुनचाँदीको मुल्य कति पुग्यो ?

    नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ४…

    सुन तोलाको ४३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

     नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ४३ सयले बढेर तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ…

    पहिलो

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 32 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    • February 20, 2026
    • 21 views
    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    • February 20, 2026
    • 25 views
    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    • February 20, 2026
    • 23 views
    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    • February 20, 2026
    • 19 views
    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    • February 20, 2026
    • 23 views
    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ