बीरगंज, ११ फागुन । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ को निरन्जन रौनियारको प्रदेश २-०३-००७ प. ८३०५ नम्बरको नीलो रंगको १२४.७ सी. सी. को होण्डा साइन मोटरसाइकल फागुन ०५ गते दिउँसो ०३:०० बजे पर्सा को वीरगञ्ज महानगरपालिका वडा नं.१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलमा पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएकोमा अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चोरी गरी वीरगञ्ज महानगरपालिका कै वडा नं.२५ बस्ने वर्ष २४ को राजन पटेलको घरमा लुकाइछिपाई राखेको र सो मोटरसाइकलको पार्टपुर्जा खोली वडा नं.३ बस्ने वर्ष ३२ को महमद हस्मोदिन मियाले आफ्नो ना.८ प. १०८३ नं.को होण्डा साइन मोटरसाइकल मा लगाएको खुल्न आएकोले निज महमद हस्मोदिन मियाको घरबाट निजको मोटरसाइकल र निज राजन पटेलको घरबाट चोरी भएको मोटरसाइकल बरामद गरी मंगलबार माथि उल्लेखित अभियुक्तहरु सहित वडा नं. २४ बस्ने बर्ष २७ को दिलिप कुमार चौधरी लाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बुधबार बताएका छन् ।