बीरगंज, १४ फागुन । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश को स्क्वाड टोलीको विशेष सक्रियतामा शुक्रबार राति १०:२० बजेको समयमा बारा जिल्लाबाट करिब ७० किलो ग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । बाहिनीपति गणेश ठाडा मगर ले शनिबार दिनु भएको जानकारी अनुसार उक्त राति विशेष सूचनाको आधारमा तथा थप सहयोगको लागि बी. ओ. पी. गोलागंज र बी. ओ. पी. पिपरपाती को संयुक्त टोलीले गएर बाराको पचरौता नगरपालिका वडा नं. ०१ को पिपरपाती र ईनर्वा को बीचमा पर्ने खेतको बाटो भएर टाउको मा बोकी जान लागेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई हेर्न बितिकै टाउको बाट फाली फरार रहेकोमा उक्त गाँजा लाई नियन्त्रणमा लिई आवश्यक कारवाही को लागि शनिबार नेपाल प्रहरीलाई बुझाईएको कुरा समेत जानकारी गराएका छन् । त्यसै गरी शनिबार बिहान करिब ०९:२५ बजेको समयमा बारा कै पचरौता नगरपालिका वडा नं. ०६ को जमुनि नदि सिमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल, बिओपि बेनौली बाट सशस्त्र प्रहरी नायब निरीक्षक लिल बहादुर थापाको कमाण्डमा ०५ जनाको पैदल गस्ति टोलीलाई देख्न साथ नेपाल बाट अबैध रूपमा भारत तर्फ दुई जना ब्यक्तिले एउटै मोटरसाईकल को प्रयोग गरी दुई वटा ग्यालेनमा करिब १० किलो ग्राम लागु औषध चरेस सोहि स्थानमा छाडी दुबै जना भारत तर्फ फरार भएको हुदाँ उक्त चरेस बरामद गरी आवश्यक कारवाहीको लागी आजै नेपाल प्रहरी लाई बुझाइएको कुरा पनि सशस्त्र प्रहरी बल नेपाल का मधेश प्रदेश प्रमुख डी. आई. जी. गणेश ठाडा मगर ले बताएका छन् ।