

बीरगंज, १४ फागुन । खेलकुद विकाश हाम्रो अभियान नाराका साथ तेश्रो मेयर कप प्रतियोगिता २०७८ को उद्धघाट कार्यक्रम बिरगंको आदर्शनगर रंङ्गशालामा सम्पन्न भएको छ ।
स्थानिय सरकार लागु भए देखी नै बिरगंज महानगरपालिकाले मेयर कपको आयोजना गरेको थियो । यस मेयर कपमा सामुदायीक तथा निजी विद्यालयहरु ले विभिन्न खेलकुद प्रतियोगीतामा प्रतिस्पर्धा गर्दै आएका छन् ।
तेश्रो मेयरकपमा सामुदायीक तथा निजी विद्यालयहरु का ३५ वटा विद्यालयहरु को सहभागीता रहेको आयोजक कमिटीले जनाएको छ । विरगंज महानगरपालिका को आयोजना भएको यस प्रतियोगीता मा फुटबल , भलिबल, क्रिकेट, लङ्ग–जम्प, हाइ–जम्प लगायतका २२ वटा खेलहरु समावेश गरिएको छ । आज भएको तेश्रो मेयरकप को उद्धघाटन कार्यक्रमदेखी विभिन्न प्रतियोगीताहरु को लागि छुट्टा–छुट्टै स्थानहरु व्यवस्था मिलाइएको छ ।
यो प्रतियोगीता २ साता सम्म चलिने र प्रथम, दृतीय र तृतीय हुनेहरु लाई जिन्सी सहित कदरपत्र दिइ सम्मान गरिने आयोजक कमिटीले जानकारी दिएको छ । शनिबार भएको उद्धघाटन कार्यक्रममा मार्चपास मा जि.एच.पी विद्यालय प्रथम र मनोकामना मा.वी द्वितीय भएको छ ।
त्यस्तै मेयरकप कार्यक्रमको अध्यक्षता विरगंज महानगरपालिका का मेयर विजय कुमार सरावगी, प्रमुख अतिथी मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्रि ओम प्रकाश शर्मा लगायत अतिथीहरु को उपस्थिती रहेको थियो ।







