
वीरगन्ज १४ फाल्गुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको वीरगन्ज महानगर कार्यसमितिको बैठक महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय गोखुलघाट (रानिघाट) मा शनिबार सम्पन्न भएको छ। बैठकले पार्टीलाई वीरगन्जमा एक नम्बरको पार्टी बनाउने संकल्प प्रस्ताव पारित गरेको छ। संगठन निर्माण, वर्गीय संगठन बिस्तार तथा पार्टीलाई जनता संग जोडदै जान मैत्री बनाउन परोपकारी कार्यक्रमहरु संचालन गर्नु पर्नेमा बैठकमा जोड दिइएको थियो। राजनीतिक तथा समाजिक सशक्तिकरण को लागी नेता कार्यकर्ताहरुलाइ प्रशिक्षण दिने पनि बैठकले निणर्य गरेको छ। पार्टीका नेता अधिवक्ता सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेताहरु रम्भा मिस्रा, मुनि श्रीवास्तव,जिल्ला सचीव राजनरायण मिस्रा, नगर उपाध्यक्ष द्वय हरेन्द्र पटेल(बाबा), बेदामी कलवार,सचीव संजय पटेल, कोषाध्यक्ष जयप्रकाश साह (अग्रवाल),सह- सचिव रेखा सरार्फ, युवाको नगर अध्यक्ष राहुल शर्मा,महिला अध्यक्ष अन्जना गुप्ता, सदस्यहरु बिरेन्द्र साह, शिवशंकर दिवेदी,सबिता शर्मा, सरिता जिसवाल, नरेश अग्रवाल ,रिजवी खालिद, उदय गिरि, मजिद देवान, राजेश झा,राहुल सरार्फ,लालबाबु पटेल ,सत्युग साह,जकाउल अन्सारी , लगायत ३२ वटै वडाका वडा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।







