रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमातर्फ लागिरहेका छन् ।

सीमाबाट नजिकैको सहर लभिभ आसपास पुगेका छन् । केही भने राजधानी किभमै भौंतारिइरहेका छन् । किभ छाड्ने नेपालीमध्ये धेरैजसो ५ सय ५२ किलोमिटर टाढा लभिभ ताकेर हिँडिरहेका छन् । लभिभबाट धेरैजसो पोल्यान्डको सीमातर्फ लागेका छन् ।