अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द गरिएको बताउनुभएको हो ।

स्टेट अफ युनियन एड्रेस भनिने वार्षिक सम्बोधनका क्रममा बाइडेनले रुसले विना कारण युक्रेनमाथि हमला गरेको भन्दै त्यसको मूल्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुकाउनुपर्ने चेतावनी पनि दिनुभयो ।