सामुदायिक सेवा समाज (योग समूह)को तिज कार्यक्रम सम्पन्न

– विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ, १४ भदौ । सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्यालले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मर्यादित र संस्कारयुक्त ढंगबाट मनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सामुदायिक सेवा समाज (योग समूह) को आयोजनामा बुधबार शहिद स्मृति सामुदायिक भवनको सभाहलमा आयोजित दर खाने कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।

उहाँले महिला आमा दिदिबहिनीहरुले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै विगत केही महिनादेखि सामुदायिक भवनमा योगाभ्यासमा निरन्तर रुपमा सहभागि हुनुभएकोमा सबैलाई धन्यवाद दिँदै यसको निरन्तरताको कामना गर्नुभयो ।
त्यस्तै, योग गुरु सुनिता शर्मा अर्यालले समुदायका आमा दिदिबहिनीहरुसँग आफूले जानेको ज्ञान र सीप सिकाउँदै सँगसँगै दुःखसुखका भावना एकापसमा साटासाट गर्न पाउँदा आफू ज्यादै हर्षित भएको बताउँदै तिज पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै योग कार्यक्रमका व्यवस्थापक सदस्य मधुसुदन ढुंगेलले र पत्रकार विनोद कार्की ‘बौद्धली भाञ्जा’ले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अतिथिहरूमा वडा सदस्य उज्ज्वल अर्याल, शुरेश शाही, कल्पना कलश सुन्दास र रुपा थापा क्षेत्री, सामुदायिक सेवा समाजका उपाध्यक्ष डम्बरुबल्लभ घिमिरे, योग समूहका योग गुरु सुनिता शर्मा अर्याल, कृष्णप्रसाद सिटौला तथा योग समूह व्यवस्थापक बद्रिनाथ उपाध्याय भट्टराई, मधुसुदन ढुंगेल र विभिन्न सामाजिक संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई थप हौसला प्रदान गरेको थियो ।
दिउँसो ४ः०० बजदेखि साँझ ७ः०० बजेसम्म सञ्चालित उक्त दरखाने कार्यक्रममा नेपाली मौलिक तिजका गीतहरूमा नाचगान गर्दैै दर खाने कार्यक्रम सम्पन्न भएको थियो ।
सामुदायिक सेवा समाजकी वरिष्ठ उपाध्यक्ष बिनु खत्री क्षेत्रको संयोजन तथा व्यवस्थापनामा सम्पन्न उक्त दरखाने कार्यक्रममा मैजुबहाल, कुमारीगाल, गौरीघाट र चावहिल क्षेत्रका महिला दिदिबहिनीहरूको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भमा योग गुरुआमा सुनिता शर्मा अर्यालले तीन जना ज्येष्ठ महिलालाई सम्मान अर्पण गर्दै तिजसम्बन्धी उपहार प्रदान गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा उपस्थित महिला दिदिबहिनीहरूले एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै गोला प्रथाद्वारा चिठ्ठा कार्यक्रम समेत खेलाइएको थियो । सो कार्यक्रममा तिजको सन्दर्भलाई जोडेर सुन्दर कविता शोभना क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।


शोभना क्षेत्रीले सञ्चालन गर्नुभएको चिठ्ठा कार्यक्रममा ६५ जना महिला आमा तथा दिदिबहिनीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजकर्ताको रुपमा सामुदायिक सेवा समाजकी वरिष्ठ उपाध्यक्ष विनु खत्री क्षेत्री र कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सुन्दर दृश्यहरूलाई फोटोग्राफर विनोद कार्की ‘बौद्धली भाञ्जा’ले फोटो तथा भिडियोलाई कैद गरी आमा दिदिबहिनीहरुलाई थप हौसला प्रदान गर्नुभएको थियो ।
करिब ९० जना महिला दिदिबहिनीहरूको उपस्थिति रहेको थियो । चिठ्ठा खेलमा प्रथम, द्वितीय, र तृतीय हुनेहरुलाई आकर्षण पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागि महिला सबैलाई तिजको नारी श्रृङ्गारका सामग्रीहरू प्रदान गरिएको थियो ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि