चोरी भएका १३ औं शताब्दीदेखि १७ औं शताब्दीका तीनवटा कलाकृति संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याइएका छन् । काठको तोरण (फेस्टुन), उडिरहेको गण्डर्वको तस्बिर र मल्ल वंशका गौतम बुद्धको ध्यानको मुर्ति रहेको काठको तोरण बुधबार एक कार्यक्रममा चोरी भएका यी वस्तु पुरातत्व विभागलाई हस्तान्तरण गरिएको थियो ।







