माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ ।
महाधिवेशनको म्याण्डेट विपरीत अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णयका कारण माओवादीभित्र विवाद छ ।







