
बीरगंज, २१ फागुन । सशस्त्र प्रहरी बल, नेपाल का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश मा आएका दिन देखि हालसम्म आफ्नो स्क्वाड टोली को बिषेश मद्दत ले मधेश प्रदेश को आठ ओटै जिल्लाहरूमा मिशन प्रतिबन्धित लागु गाँजा नियन्त्रणमा बढी जोड दिएको कुरा त्यहाँ बाट कालो झोला का मधेश प्रदेश प्रमुख दीपेन्द्र प्रजापति लाई सधै प्राप्त भएको विवरणले प्रष्ट पारेका छन् ।
त्यहाँ बाट प्राप्त सामाचार अनुसार डी. आई. जी. मगरले चौबिसै घण्टा मधेश प्रदेश को आठै वटा जिल्लाहरू मा आफ्नो आँखा रुपी स्क्वाड टोलीहरुलाई खटाई यहाँ भईरहेको गाँजा बाहेक नेपाली नक्कली नोट, सीमावर्ती भारतीय बजार बाट अबैध रुपमा भित्रिने विभिन्न सामानहरु, लागु औषध इन्जेक्सन, सीरप तथा ट्याब्लेट हरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाही को लागि सम्बन्धित जिल्लाका प्रहरी कार्यालय तथा भन्सार कार्यालयमा बुझाउने काम ले पनि तिब्रता लिइएको देखिन्छ ।
यसै क्रममा शुक्रबार राति करिब १०:३० बजेको समयमा बारा जिल्लाको देवताल गाउँ पालिका वडा नं. ०७ को पिपरपाती पसाह खोला स्थित बोर्डर इलाकामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दक्षिण झिटकैंया बाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर एस्लामी मगरको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले नेपाल बाट अबैध रुपमा भारत तर्फ जाँदै गरेको करिब १ सय ५० किलो ग्राम प्रतिबन्धित लागु औषध गाँजा सोही स्थानमा छाडी व्यक्तिहरू फरार भएको हुँदा उक्त गाँजा बरामद गरि सो राति बी. ओ. पी. दक्षिण झिटकैंया मा राखिएको थियो तथा शनिबार बिहान आवश्यक कारवाही को लागि नेपाल प्रहरीलाई बुझाईएको कुरा डी. आई. जी. ठाडा मगर ले बताएका छन् ।







