वैकल्पिक खेलाडी मेम्फिस डिपाए र फेरान टोरेसको गोलमा क्याटलान क्लबले इल्चेमाथि २–१ को विजय हासिल गरेको छ ।
घरेलु टोली इल्चेले फिडेल चाभेसको गोलबाट ४४औँ मिनेटमा अग्रता लिएको थियो । १–० ले पछि परेको अवस्थामा बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले टोरेसलाई दोस्रो हाफको पहिलो मिनेटमै मैदान छिराए । टोरेसले पाब्लो गाभिरालाई प्रतिस्थापन गरे । टोरेसले ६०औँ मिनेटमा बराबरी गोल फर्काए ।
खेल सकिन ६ मिनेट बाँकी हुँदा डिपाएले पेनाल्टीमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।







