सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौतानगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।