पछिल्लाे २४ घन्टामा देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परीक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टिजेन परीक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन्।
त्यस्तै थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६९ जना निको भएका छन्। हाल नेपालमा ६ हजार १ सय ५० सक्रिय संक्रमित आइशोलेशन र १०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।







