नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका २१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी ऋभभिद celeb nepal नामक यूट्यूब च्यानलमार्फत् पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मी भनभने नगरपालिका ९ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय राहुल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।