रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।

लाखौंको संख्यामा मानिसहरु युक्रेन छाडेर सीमावर्ती राष्ट्रमा गइरहेका छन्। पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।

युक्रेनले लामो समयसम्म रसियाली सेनालाई रोकेकोमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा भइरहेको छ। हाल उनी राजधानी कीभमै छन्।

उनले एक भिडियो सन्देश जारी गर्दै आफू लुकेर नबसेको बताएका छन्। साथै उनले आफू कसैसँग नडराएको समेत बताएका छन्।