भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारीले जानकारी दिए







