बीरगंज, २४ फागुन । पर्सा जिल्लाको साविक मिर्जापुर गा.वि.स. वडा नं.४ हाल परिवर्तित छिपहरमाई गा.पा. वडा नं. १ स्थित बस्ने गुमानी साहको गोठघरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको सुचनाको आधारमा प्रहरी चौकी मिर्जापुर, पर्सा बाट फागुन ०६ गते राति करिब १०:३० बजेको समयमा टोली खटि गई उक्त स्थान खानतलासी गर्दा गुमानी साहको गाईगोठमा २ वटा टिनको ड्रम भित्रबाट लागु औषध गाँजा १ सय ४० किलो ग्राम बरामद भएको तथा प्रतिवादी गुमानी साह फरार रहेको हुँदा ईलाका प्रहरी कार्यालय पोखरियाबाट बिशेष सूचनाको अधारमा मंगलबार साँझ ०५:३० बजेको समयमा पर्साको छिपहरमाई गा.पा. वडा नं. २ स्थितबाट निज गुमानी साहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।