बीरगंज, २४ फागुन । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साबाट सशस्त्र प्रहरी निरीक्षक अशोक चालिसेको कमाण्डमा खटिएको ०९ जनाको गाडी मोवाइल टोलीले मंगलबार साँझ ०५:३० बजेको समयमा पर्साको विरगन्ज महानगरपालिका-२५ स्थित अलौ विरगंज सडक खण्डमा आई.सि.पि.बाट बिरगंज तर्फ आउँदै गरेको ना ५ त ५४९४ नम्बरको ट्याक्टर लाई चेक जाँच गर्ने क्रममा मुल्य रु १० लाख बराबरको ट्याक्टर र उक्त ट्याक्टरमा लोड भएको मुल्य रु १६ लाख ०९ हजार ०८ सय ७३ बराबरको कपडा सहित जम्मा मुल्य रु २६ लाख ९ हजार ८ सय ७३ बराबरको विल विजक भन्दा फरक माल सामान रहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल ले बताएका छन् ।