संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तड क्षेत्रलाई प्रकृतिको अमूल्य सम्पदा भएको बताए । खप्तडको पर्यटन विकास सम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्य क्षेत्र नभएको दाबी गरे । उनले थप भने, ‘हामी स्विट्जरल्याण्ड, सिंगापुर जाने तयारीमा छौं । तिनीहरू प्राकृतिक होइन तर कृत्रिम हुन्। खप्तड, रारा लगायतका आफ्नो क्षेत्रलाई प्रतिबद्धताका साथ विकास गरौं । पर्यटक पक्कै आउनेछन् ।”







