परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का यही चैत ११-१३ मा टर्कीको एन्टाल्यामा हुने एन्टाल्या कूटनीति मञ्चमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार टर्की प्रस्थान गरेका छन् । उनी टर्कीका समकक्षी मेभलुत काभुसोग्लुको निमन्त्रणामा टर्की प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त कार्यक्रममा दक्षिण एसिया लगायत विश्वभरका राजनीतिज्ञ, कूटनीतिज्ञ र नीति निर्मातालाई भेला गरी विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्या र तिनको समाधानका विषयमा छलफल हुनेछ ।







