स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयका सहप्रवक्ताले जानकारी दिनुभयो । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गर्न आग्रह गरे । यसअघि पनि कोरोना भाइरसको संक्रमणको नि:शुल्क परीक्षण गरिएको थियो । विदेशबाट आएका बिरामी र चिकित्सकको सिफारिसमा पीसीआर परीक्षण निःशुल्क गर्ने प्रयोगशालाका प्रवक्ता बताए ।







