भारत नियन्त्रित काश्मिरमा बुधबार भएको विस्फोटमा एक जनाको मृत्यु हुनुका साथै दर्जन बढी घाइते भएका अधिकारीहरूले बताएका छन्।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको उधमपुर सहरमा विस्फोट भएको हो ।

रिपोर्टहरूले घाइतेहरूलाई अस्पताल लगिएको र विस्फोटको कारण तुरुन्तै थाहा हुन सकेको छैन।