न्यायिक नेतृत्वविरुद्ध आन्दोलनरत गठबन्धन र अलि नरमपन्थी दृष्टिकोण राख्दै आएको नेकपा एमाले आबद्ध कानुनव्यवसायी बारको नेतृत्वका लागि भिड्दै छन् । सानातिना समूहलेसमेत इच्छा जाहेर गरे पनि आन्दोलनकारी गठबन्धन र एमाले आमनेसामने बन्दा यसपालिको चुनाव रोमाञ्चक बन्ने देखिन्छ ।
प्रधानमन्त्रीका प्रियपात्र वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई आन्दोलनकारी गठबन्धनले अघि सारेको छ भने न्यायिक नेतृत्वप्रति अलि नरम दृष्टिकोण राख्ने एमालेका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी उठेका छन् । घिमिरेले मुख्य निर्वाचन आयुक्तको हैसियतमा नेपाली काँग्रेसको पछिल्लो महाधिवेशन सम्पन्न गराएको पुरस्कार पाएका छन् भने एमालेभित्र खासै अर्काे उम्मेदवार नदेखिएपछि अधिकारीलाई उठाइएको छ ।







