करिब १ लाख ९० किलोलिटर पेट्रोलियम पदार्थ अट्ने क्षमता भएका दुई योजना अपलत्र पर्दा निगमको भण्डारण क्षमता बढ्न सकेको छैन। 

निगमका अनुसार चितवनको लोथरमा १ लाख ४ हजार किलो लिटरको भण्डारण ट्यांकी बनाउने योजना अघि बढ्न नसकेको हो। अमलेखगन्ज हुँदै पाइपलाइनमार्फत लोथरमा पेट्रोलियममा पदार्थ ल्याउने र त्यहाँ डिपो राख्ने निर्णय दुई वर्षअघि सरकारले गरेको थियो। तर भण्डारण ट्यांकी निर्माणको कार्य अघि बढ्न सकेको छैन। त्यसको प्राविधिकर रिपाेर्ट भने तयार भएको छ।