पारस खड्काले भने-एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्न चाहेको बताए ।

यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्न सक्ने भन्दै खड्काले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’

सचिव खड्काका अनुसार क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको छ । सरकारमा भएकाहरूसँग कुरा गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाए पनि अहिलेसम्म हुन नसकेको उनले बताए ।

क्रिकेट संघको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुने तय भएको छ । सरकारले त्रिवि मैदानमा फ्लोड लाइट जडान गर्ने निर्णय गरेको छ, तर अपेक्षाअनुसार काम भएको छैन ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 22 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 37 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 37 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 42 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 40 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 39 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन