सेयर बजारको अंकसँगै घट्यो कारोबार

काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ ।

परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे ।

अन्य समूह सबैभन्दा धेरै १। १८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे ।

४ कम्पनी गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५, सपोर्ट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९ तथा जानाकी फाइनान्सको मूल्य ५.७८ प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको मूल्य ९.३ प्रतिशत घट्यो । आँखुखोला जलविद्युतको ४.९, माछापुच्छ्रे बैंकको ४.५, अपरहेवाखोलाको ३.७१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन फाइनान्स कम्पनीहरू अगाडि देखिए । बेस्ट फाइनान्स, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स तथा पिपुल्स हाइड्रोपावर धेरै कारोबार हुने कम्पनीमा क्रमशः अगाडि रहे ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    पहिलो

    • June 2, 2026
    • 22 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 37 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 38 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 44 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 41 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 40 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन