भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको हो।

बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना भइरहेको छ। नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्डसहित पन्जाब, गोवा र मणिपुरमा मतगणना जारी छ।

मतगणनाको प्रारम्भिक परिणाममा पन्जाबमा आपले एकल बहुमत ल्याउने देखिएको छ।