संखुवासभा जिल्लामा बिहीबार बिहान भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । संखुवासभाको माडीबाट दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको बस बिहान ७ बजे माडी नगरपालिका–६ सात घुम्तीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले अहिलेसम्म १४ यात्रुको शव निकालिएको जानकारी दिए । मृतकको परिचय भने खुल्न सकेको छैन । पाँच जनाको जीवितै उद्धार गरिएको छ । “चौध जनाको शव निकालिएको छ। अन्य पाँच जना घाइते भएका छन्,’ डिएसपी सुवेदीले भने, ‘मृतकको सनाखत हुन बाँकी छ ।







