पञ्जावका कांग्रेस अध्यक्ष नवजोतसिंह सिध्दु विधान सभा चुनावमा पराजित भएका छन्। उनी आम आदमी पार्टीकी उम्मेदवार जीवनज्योत कौरसँग पराजित भएका हुन्।

विधान सभा सदस्यमा पराजित भएलगत्तै सिध्दुले पञ्जाव कांग्रेसको अध्यक्षबाट राजीनामा दिएका छन्।

आम आद्मी पार्टीले पञ्जावमा आफ्नो झन्डा गाडेको छ। कुल ११७ सिट रहेको पञ्जाव विधान सभामा करिब ९० मा सिट जितेर आम आद्मीले स्पष्ट बहुमत हासिल गर्ने पक्का भएको छ।