राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसमेत ४ जना व्यक्ति तथा ३ वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको छ।साविक मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. २, दाङ, घोराही र बोलपत्रदाता विटी/टौदह/फस्कु जेभीबीच सम्झौता भएको ठेक्का नं. ०३–०७०र०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक चौधरीले विटी रटौदहरफस्कु जे।भी।को तर्फबाट मप सडक डिभिजन कार्यालय २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानतपत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिएको अख्तियारले जनाएको छ।







