
बीरगंज, २६ फागुन । प्रज्ञापन पत्र विनाको भारतीय चामल लोड गरी वीरगञ्जबाट बाराको जितपुरतर्फ लादै गरेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय, पर्सा बाट खटिएको टोलीले बुधबार राति करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाट सडकखण्डमा प्रदेश ०३-००१ च ०५२२ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका चामल फेला परेको हुँदा उक्त पिकअप र सो मा लोड रहेको चामल १ सय १८ बोरा नियन्त्रणमा लिई रू.११ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ l







