एउटा विकास परियोजनामा केही विवादास्पद विषय भलै थिए होला तर यसरी नेपालको अस्तित्व नै सकिसकेको जस्तो कुरा ठूला र कथित विद्धानले गर्दा नयाँपुस्तामा अत्यावश्यक ज्ञानको अभाव देखिएको छ । भलै उसको देशभक्ति स्वभाविक नै थियो र हुन्छ नै । तर यसरी अनावश्यक राष्ट्रभक्ति देखिने गरी उस्काउन त भएन नि ।आज प्रविधिले छलाङ मारिसक्दा हरेक किशोर किशोरीको हातमा मोबाइल र इन्टरनेटको पहुँछ छ । ऊ आफ्नो पढाइ र करियरतर्फ भन्दा सामाजिक संजाल र भिडियो गेमतर्फ मोडिन थालिसकेको छ । जसको प्रभावले विषयगत ज्ञानको खडेरी प्रष्ट रुपमा रहने नै भयो । विद्यार्थी सम्पूर्ण रुपमा शिक्षकमा निर्भर हुन्छ । त्यही नोट पढ्छ । तर आफू विषयवस्तुको गहन अध्ययन गर्ने र मनन गर्ने धृष्टता गर्दैन भने उसमा विषयवस्तुको अभाव अवश्य खड्किने नै भयो ।अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का हरेक विवादास्पद बुँदालाई सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने ती विवाद अवश्य हैनन् । त्यहाँ कुनै सार्वभौमसत्ताको विषयमा हामी पछि पर्दैनौँ । तर तिनै विषयलाई गिजोलेर नयाँ पुस्ताको मनोविज्ञानलाई अन्त मोडिदिएर देशलाई मनोविज्ञानिक हिसाबले दुई भागमा बाँड्न तल्लीन तथाकथित राष्ट्रवादीको सकृयता धेरै भएको त हैन ? यसबारे पनि सोच्ने कि !