नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो।
निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए। तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन्।
दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए। प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुन: बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएको सञ्चारमाध्यमले जनाएका छन्।







