रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए ।