निर्वाचन आयोगले वैशाख २८ गते हुने स्थानीय तहको निर्वाचनमा अहिलेसम्म भएका प्रगतिबारे राजनीतिक दललाई आज जानकारी दिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका १७ राजनीतिक दलका प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराएको जानकारी दिए । भोलि बिहान 11:30 बजे छलफलका लागि निम्तो। ‘निर्वाचन घोषणा भएको झण्डै एक महिना भइसक्यो, यस अवधिमा आयोगका गतिविधिबारे जानकारी गराउने, दलहरूले अपेक्षा गरेका विषयमा आयोगसँग छलफल र अन्तरक्रिया गर्ने र राय सुझाव लिने उद्देश्य रहेको छ,’ उनले भने । । आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन अनुरोध गरेको छ । आगामी स्थानीय निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।







