निलम्बित रास्वपा महामन्त्री मुकुल ढकाल , रवि लामिछानेबारे एसो भन्छन

· 

कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछी, रवि दाइ खुशी हुनु भएको देखे । खुशी हुनु भएकोमा रबि दाईलाई बधाई छ । यस्तै फैसला १८ पटक हुनु पर्नेछ , बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरि वकिल र न्याधिशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ । हुन त “पैसा आएको थाहा थियो, ग्यालेक्सी टिभी लिलाम गरौँ” जस्ता तर्क रबि दाइपक्षका वकिलले नै गर्दा कतै रबि दाइ पक्षका केहि वकिलहरू नै विपक्षीसँग बिके की भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ । अदालतको फैसलाले पार्टी State of Pendulum मा बस्ने जस्तो देखिन्छ । १७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रबि दाइका लागी अप्रिय आउनसक्छ , यो सम्भावना बाँकी नै छ । यो समय खुशी हुने भन्दा पनि लामो समय लम्बिने अदालति प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने बेला हो । त्यो अप्रिय फैसला आउनु अघि नै पार्टीभित्रका दुषित शक्तिले खेलिरहेको खेल बुझ्दै उनीहरूलाइ पररास्त गरेमा रबि दाइलाई पनि जोगाउन सकिएला, पार्टी पनि जोगाउन सकिएला । अन्यथा आज भगवान बनाइएको निकायले अर्को फैसला गरे, रबि दाइका लागी त गाह्रो बनाउँछ नै, त्यतिबेलासम्म दुषित शक्तिले यो बीचको अवधिमा आफूलाई पखाल्दै पार्टी नै कब्जा गरिसक्छ । यो राजनीति हो, राजनीति बुझौँ है साथीहरू । एउटा ठुलो ग्रान्ड डिजाइनमा पार्टी फँस्दै छ ।

भनाइ जस्ताको तस्तै

source मुकुल ढकालको बाट facebook

  • Bishnu Timalsina

    Related Posts

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ । यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन