छिल्लीकोट दौड प्रतियोगिता

तुलसीपुर, २७ पुसः राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९ नं बाहिनी अड्डाको समन्वय, तुलसीपुर उपमहानगरपालिका र रणसिंहदल गणको संयुक्त आयोजनामा आज १२ किलोमिटरको दौड प्रतियोगिता भएको हो । लिगलिग कोटको राजा दौडबाटै छानिने प्रथाको सम्झना तथा छिल्लीकोट पर्यटकीय क्षेत्रको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । दौडमा रणसिंह दल गण दाङमा कार्यरत रामजी बस्नेत पहिलो हुनुभयो । उहाँले ५१ मिनेट ३१ सेकेन्डमा पार गर्नुभएको थियो । उहाँले रु २० हजार प्राप्त गर्नुभयो । दोस्रो हुनुभएका विशालकुमार महतले रु १५ हजार र तेस्रो हुनुभएका एकेन्द्र कार्कीलाई रु १० हजार र सान्तवना पुरस्कार खगिसरा रावलले पाउनुभयो । त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीका रुपमा रहेको बताउनुभयो । उहाँले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् आवश्यक भएको समेत उल्लेख गर्नुभयो । उहाँले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साहसिक खेल जीपलाइन, घरबास सञ्चालनमा आएको र खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताउनुभयो । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यसप्रकारका प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । तुलसीपुर उपमहानगरपालिका–१९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने बताउनुभयो । छिल्लीकोटमा दुई सय ९३ वर्ष राज गरेको इतिहास छ । विसं १५५० देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको र अन्तिम राजा वीरभद्र शाह थिए । यहाँ विसं १८४३ सालसम्म राज्य गरेको ऐतिहासिक तथ्य छन् । विसं १८४३ कात्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले विनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन