हुन्डाई ‘आयोनिक ५ एन’ ले बनायो नयाँ रेकर्ड

काठमाडौं । हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी (ईभी) ‘आयोनिक ५ एन’ ले ईभी क्षमतामा मापदण्डको नयाँ रेकर्ड कायम गरेको छ ।

जापानको सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ रेकर्ड कायम गरेको हो ।

नयाँ रेकर्ड कायम गरेको हुन्डाईको आयोनिक ५ एन कार जापानका प्रसिद्ध व्यावसायिक चालक नोबुतेरु तानिगुचीले हाँकेका थिए ।

हुन्डाईका अनुसार आयोनिक ५ एनले ५७.४४६ सेकेन्डमा एक ल्याप पूरा गरेको थियो । सुकुबा सर्किटमा यति कम समयमा एक ल्याप पूरा गरिएको यो नयाँ रेकर्ड हो । र, यो आयोनिक ५ एन ईभीले बनाएको रेकर्ड हो । प्रतिस्पर्धी ईभी आयोनिक ५ एनभन्दा २ सेकेन्ड पछाडि थियो ।

एट्याक सुकुबामा आयोनिक ५ एन हाँक्ने अवसर पाउँदा म आफूलाई सम्मानित भएको महसुस गर्छु,’ चालक तानिगुचीले भने, ‘जसले मेरै पछिल्लो रेकर्ड तोड्न एकदमै सहयोग गरेको छ ।’

आयोनिक ५ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा एसयूभी वर्गमा नयाँ रेकर्ड कायम गरेको थियो ।

‘हुन्डाईको एन म्यानेजमेन्ट प्रमुख जुन पार्कको भनाइ अनुसार जापानमा आयोनिक ५ एनले राखेको रेकर्डले के स्पष्ट पारेको छ भने हुन्डाईले ईभी प्रविधिमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ,

हुन्डाईका अनुसार आयोनिक ५ एनमा एक्टिभ साउन्ड प्लस मोडिफाइड स्पिकर, नयाँ सक एब्सर्बर, मोटरस्पोर्ट–ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर, एरोडाइनामिक प्याकेज, रिकारो प्रो रेसर एसपीए हान्स सिट, ईभी फायर सप्रेसन सिस्टम लगायत फिचर छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 18 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 22 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि