व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।

उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ ।

बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पुर्‍याएको सहयोगका निम्ति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसधैँ तयार रहेको जानकारी गराए ।

उक्त बैठकमा दुवै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने सहमत भएका छन् । सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकालाई अझ प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थित गर्न पहल गर्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा सीमा नाकाहरूमा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुई पक्षीय भ्रमणहरू आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने व्यापार मेला र महोत्सवहरूमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यहरूमा समन्वयात्मक रूपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन