११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज महानगरपालिकामा रहेको प्रसिद्ध शंकराचार्य प्रवेश द्वार निर योग कार्यक्रम आयोजना गरेको छ ।

शंकराचार्य प्रवेश द्वारमा नेपाल र भारत दुवै देशका भक्तजनहरूको सहभागिता रहेको थियो र यसले दुई देशहरू बीच सद्भाव र मित्रता प्रवर्द्धन गर्दै सांस्कृतिक र धार्मिक आदानप्रदानको लागि एक आदर्श मञ्च प्रदान गर्दछ । यो वाणिज्य दूतावास द्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवस २०२५ को उत्सवको श्रृंखलाको छैठौं तथा अन्तिम कार्यक्रम थियो ।

यो कार्यक्रम स्थानीय समुदाय, सरकारी एवम् गैर सरकारी कार्यालय का पदाधिकारीहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, जिल्ला प्रशासन कार्यालय, पर्सा का प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता मा योग अभ्यास र यसका असंख्य स्वास्थ्य लाभहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो ।मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह प्रमुख अतिथि हुनुहुन्थ्यो, भने मधे प्रदेश कै खेलकुद मन्त्री प्रमोद जयसवाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । स्थानीय राजनितिकर्मीहरु, पतञ्जलि योग समितिका सदस्यहरू र विभिन्न अन्य संस्थाका प्रतिनिधिहरू लगायत अन्य धेरै विशिष्ट अतिथिहरूले कार्यक्रममा उत्साहका साथ भाग लिएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह ले आफ्नो सम्बोधनमा योगलाई हाम्रो दैनिक जीवनमा समावेश गर्नुको महत्त्वमा जोड दिनुभयो । उहाँले योगका अमूल्य फाइदाहरू, विशेष गरी अनुशासन स्थापित गर्न यसको भूमिकामाथि प्रकाश पार्नुभयो र उहाँले आदर्श समाज निर्माणमा योगले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने कुरा पनि स्पष्ट पार्नुभयो ।

यसै गरि खेलकुद मन्त्री प्रमोद जयसवाल ले मानव जिवनको लागि योग अभ्यासका असंख्य फाइदाहरूमा जोड दिँदै, उहाँले सहभागीहरूलाई यसको विशाल फाइदाहरू बाट आफूलाई समृद्ध बनाउन दैनिक केही समय निकाल्न प्रोत्साहित गर्नु भयो। यस बाहेक, वहाँले मानिसहरूलाई वातावरणमैत्री जीवनशैली अँगाल्न र जैविक खाना छनौटहरूलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो। साथै योगको लागि भवनहरु निर्माण गर्न मधेस प्रदेश सरकारले सोंच पनि राखेको कुरा बताएका छन् ।

भारतका महावाणिज्यदूत देवी सहाय मीनाले २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवातको बारेमा उल्लेख गर्नु भयो । उहाँले योगका असंख्य फाइदाहरू र यसले व्यक्तिको जीवनका विभिन्न पक्षहरूमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने बारे प्रकाश पार्नुभयो । वहाँले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुल नारा: “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” मा पनि प्रकाश पार्नुभयो र समग्र कल्याण र एकतालाई प्रवर्द्धन गर्न यस विषय वस्तुको महत्त्वमा जोड दिनुभयो ।

नेपाल-भारत मैत्री संघ; पतञ्जलि योग समिति, पर्सा र अन्य संघ संस्थाहरूको सक्रिय सहयोगमा आयोजित योग कार्यक्रममा लगभग ५ सय जनाले भाग लिएका थिए । वाणिज्य दूतावास सबै सहभागीहरूलाई उनीहरूको सहभागिता र कार्यक्रम सफल बनाउन सक्रिय सहयोग र सहकार्यको लागि सबै साझेदार संस्थाहरू प्रति कृतज्ञता व्यक्त गर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन